काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सेना दिवसको दिनमा टुँडिखेलमा नेपाली सेना सँगै विदेशी सेना समेतको संयुक्त सैन्य अभ्यास  सार्वभौम मुलुकको निम्ति शोभनीय विषय नभएको बताउनु भएको छ । 

पछिल्लो समयमा विदेशी सेनाका अधिकारीहरूको नेपाल भ्रमण, सैन्य विमानको आवत जावत, दलाई लामा को अन्तरिम सरकार गठनको वेला को शुभकामना देखि पछिल्लो समयमा उनका प्रतिनिधिहरूको नेपाल आवत जावतमा बढ्दो गतिविधि, भदौ २४ को विध्वंस र टीओवी नामक अर्ध सैनिक जस्तो देखिनेहरु को खुला प्रदर्शन आदि सबै निर्वाचनको पुर्वसंध्यामा जुन परिदृश्य देखिएको छ, त्यसको पछाडि नेपाललाई दोस्रो यक्रेन बनाउनका लागि प्रायोजित निर्वाचन नहोला भन्न सकिन्न– उहाँले भन्नु भएको छ । 

सम्पूर्ण वाम, लोकतान्त्रिक शक्ति र देशभक्तहरू सबैले निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न गराउन का लागि जोड दिँदै निर्वाचनमा हुन सक्ने धाँदलीका विरुद्ध चौतर्फी खबरदारी गर्नु पर्ने देखिएको उहाँको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0