पर्सा ।लेखक दिनेश गुप्ताद्वारा स्थापित दिनेश गुप्ता प्रतिभा पुरस्कार को पहिलो वर्षको सम्मान भोजपुरी साहित्यका उदीयमान लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने भएको छ।

सुभाष कुमार बैठाका भोजपुरी भाषामा लेखिएका दुई कृतिहरू ुगांवु ९उपन्यास० र ुलडाई जिनगी के कविता संग्रहले साहित्य क्षेत्रमा विशेष चर्चा कमाएका छन्। निर्णायक मण्डलले उहाँको ग्रामीण परिवेशप्रतिको गहिरो बुझाइ र भोजपुरी भाषामा रहेको पकडलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कारका लागि योग्य ठहर गरेको हो।

पुरस्कारको घोषणा गर्दै दिनेश गुप्ताले भन्नुभयो, ूसुभाष कुमार बैठाले आफ्नो मातृभाषा भोजपुरीमा लेखेर भोजपुरी साहित्यलाई समृद्ध बनाउनुभएको छ। ुगांवु उपन्यास र ुलडाई जिनगी केु जस्ता कृतिहरूले हाम्रो समाजको वास्तविक चित्र प्रस्तुत गर्छन्। यस्ता स्रष्टालाई सम्मान गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो।

पुरस्कारको राशी र सम्मान समारोहको मिति छिट्टै सार्वजनिक गरिने जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0