पर्सा  । नेपाली कांग्रेस पर्सा क्षेत्र नं। १ का उम्मेदवार अनिल रुङ्गटाद्वारा वीरगंज महानगरपालिका वडा नं। २० हरपतगंज अपौनीमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।चुनावी माहोल दिनप्रतिदिन तात्दै गइरहेका बेला उम्मेदवार रुङ्टाले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना तथा प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए ।

यस अवसरमा बोल्दै उम्मेदवार रुङ्टाले हरपतगंज अपौनी लगायत समग्र क्षेत्रको दिगो विकास, सडक तथा पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरण, युवाका लागि रोजगारीका अवसर सिर्जना तथा कृषकहरूका समस्याको समाधानलाई आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् । उहाँले जनताको विश्वास र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विकास, पारदर्शिता र सुशासनप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।


उम्मेदवार रुङ्टाले विगतका अनुभवलाई आत्मसात् गर्दै आगामी दिनमा जनअपेक्षा अनुरूप परिणाममुखी काम गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले घरदैलो कार्यक्रम मार्फत प्राप्त सुझाव र गुनासाहरूलाई योजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा समर्थन गर्न सम्पूर्ण मतदातासँग आग्रह गर्नुभयो ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले आगामी निर्वाचनमा रूख छापमा मतदान गरी उम्मेदवार रुङ्टालाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफलगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0