
पर्सा । नेपाली कांग्रेसका पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगंज महानगरपालिका वडा नं ३२ टेडामा मतदातासँग भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा नेपाली कांग्रेसमा समर्थन जनाउँदै उम्मेदवार रुङ्गटाको पक्षमा खुलेर उभिने घोषणा गरेका छन ।कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङ्गटाले पर्सा क्षेत्र नं। १ को समग्र विकास आफ्नो पहिलो प्राथमिकता हुने भन्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार सृजना, सडक पूर्वाधार तथा औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जनताको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति रहेको हरेक घरपरिवारको समस्यालाई राज्यको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्ने बताउनु भयो । उम्मेदवार रुङ्गटाले विगतमा भएका विकास प्रयासहरूलाई निरन्तरता दिँदै अधुरा योजनाहरू सम्पन्न गर्ने र नयाँ सम्भावनाहरूको खोजी गर्ने बताउनुभयो । सहभागीहरूले विगतका निर्वाचन अनुभव, क्षेत्रको विकास अवस्था तथा आगामी दिनमा आवश्यक योजनाबारे खुला छलफल गरेका हुन ।उक्त भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, युवा, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा रूख चुनाव चिन्हमा मतदान गरी अनिल रुङटालाई विजयी बनाउन एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले क्षेत्रको विकास, स्थायित्व र प्रभावकारी नेतृत्वका लागि रुङटा उपयुक्त उम्मेदवार भएको बताएका छन ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, रामनिवास यादवलगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





