
पर्सा ।नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पर्सा क्षेत्र नं। १ का उम्मेदवार अनिल रुङटाले वीरगंज महानगरपालिका वडा नं। २३ मा जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय जनताले उत्साहपूर्वक सहभागिता जनाउँदै “ना भुलेके बा, ना भुलाएके बा, अबकी बार गाछी छाप मे मोहर लगावेके बा”, “विकास खातिर एक हि सच्चा नेता अनिल रुङटा” जस्ता नाराहरू लगाएका थिए। यसले कांग्रेसप्रति जनताको भरोसा र उम्मेदवार रुङटाप्रतिको समर्थन स्पष्ट रूपमा झल्किएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङटाले जनताको माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले पर्सा क्षेत्र नं। १ को समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, तथा आधारभूत पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पार्नु भयो । जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्दै क्षेत्रलाई समृद्धिको बाटोमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
घरदैलो अभियानमार्फत नेपाली कांग्रेसको नीति, सिद्धान्त र विकासमुखी दृष्टिकोण जनतासम्म पु-याउने उद्देश्य रहेको भन्दै उनले यसपटकको निर्वाचनमा जनताले सही निर्णय गर्ने विश्वास रहेको बताउनु भयो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै वडा नं। २३ का बुथ सभापति लोकनारायण यादवले घरदैलो अभियानमार्फत नेपाली कांग्रेसको नीति, सिद्धान्त तथा उम्मेदवार अनिल रुङटाको विकासमुखी सोच घर–घरमा पु-याउन सफल भएको बताउनु भयो ।
पर्सा क्षेत्र नं। १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको जित सुनिश्चित भएको दाबी गर्दै उनले कांग्रेस नै जनताको साँचो प्रतिनिधि पार्टी भएको र यसपटक जनताले सही निर्णय गर्ने विश्वास व्यक्त गरे। जनताबीच जनसुनामी ल्याउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्र नं। १ का क्षेत्रीय सभापति अरविन्द गुप्तालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





