
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले जनवरी ३ मा अमेरिकी सेना ले सार्वभौम अधिकार सम्पन्न तथा संयुक्त राष्ट्र संघ को सदस्य राष्ट्र भेनेजुएला माथि गरेको सैन्य आक्रमणको भर्त्सना गर्नुभएको छ । उहाँले भेनेजुयलाका राष्ट्रपतिलाई परिवार सहित अपहरण गरी बेपत्ता पारिनुले संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार को खुलेआम उलङ्घन गरिएको बताउनु भएको छ।
उहाँले भेनेजुएला माथि को सैन्य हस्तक्षेप र आक्रमण अविलम्व बन्द गर्न, अपहरित राष्ट्रपति को सकुशल रिहाई गर्न र भेनेजुएली जनताको आत्मनिर्णय को अधिकार को सम्मान गर्न जोड दिँदै यस समस्यालाई समाधान गर्नका लागि संयुक्त राष्ट्र संघबाट अविलम्व पहल गरियोस् भनि सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गराउनु भएको छ । सैन्य बल प्रयोग गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नै देशबाहिर पुर्याउने कार्य अत्यन्तै गम्भीर चिन्ताजनक भएको टिप्पणी उहाँको छ ।
भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पुर्याइनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय भएको उहाँको भनाइ छ ।





