काठमाडौँ । विदेशी पर्यटक मात्र होइन, काठमाडौँको नयाँ जीवनशैली खोज्नेहरूका लागि झम्सिखेल लामो समयदेखि एउटा आकर्षक गन्तव्यका रूपमा रहँदै आएको छ । क्याफे, रेष्टुरेन्ट, बार र आर्ट स्पेसहरूको भिडभाडबीच हालै अर्को एउटा नयाँ सोच सहितको पव सञ्चालनमा आएको छ । नयाँ शैली र नयाँ सोचसहित सञ्चालनमा आएको एक आधुनिक माइक्रो पब, जसले पेय, वातावरण र ग्राहक अनुभूतिलाई नयाँ स्तरमा पु-याउने दाबी गरिएको छ । 


दाङका युवा व्यवसायी लालमणि भण्डारी नेतृत्वको समूहले काठमाडौँमा भिन्न पहिचानसहितको पव सञ्चालन गर्ने उद्देश्यसाथ यो परियोजना अघि बढाएको हो । उनीहरूको भनाइमा, काठमाडौँमा यस्ता व्यवसायहरू त धेरै छन्, तर सजिलो वातावरण, गुणस्तरीय पेय र सडकको खुला माहोल अनुभव गर्ने ठाउँ कमी महसुस भएको थियो । यही कमी पुरा गर्ने आकांक्षाले उनीहरूको टोलीलाई झम्सिखेलमा ल्याएको हो ।


यो माइक्रो पबले आफ्नो पहिचान पेयको विविधता मार्फत बनाउन खोजेको छ । पबमा स्थानीय क्राफ्ट बियरहरू र अन्तर्राष्ट्रिय ब्रान्डहरू उपलब्ध छन । नेपालमै उत्पादन हुने लोकप्रिय क्राफ्ट बियरदेखि लिएर उदाउँदै गरेका नयाँ स्थानीय ब्रुअरीका विशेष उत्पादनसम्म यहाँ पाइनु यसको मुख्य आकर्षण हो । विदेशबाट आयात गरिएका प्रिमियम बियर पनि ३६५ माइक्रो पबको मेनुमा अटाएका छन । 


बियर मात्र होइन, पबमा फुल बार सञ्चालनमा छ । जसअन्तर्गत क्लासिक र मोडर्न दुवै प्रकारका ककटेलहरू उपलब्ध छन । मोजिटो, मार्गारिटा, जिन टोनिक, ओल्ड फ्यासन्ट जस्ता प्रचलित ककटेलदेखि लिएर पवकै विशेष पहिचान बोकेको हाउस स्पेशल ककटेल पनि सूचीमा समावेश गरिएको छ । उच्च–ग्रेड स्कच, भोड्का, रम र जिनका ब्रान्डेड विकल्पले हार्ड ड्रिक्स मन पराउने ग्राहकहरूको माग सहजै पूरा गर्ने विश्वास गरिएको छ । 
झम्सीखेलको वातावरण यसै आकर्षक छ । त्यसमाथि मुख्य सडकमा अवस्थित यो पव बिग मार्टयोयोसोको ठीक अगाडि रहेको छ । जसले नयाँ आउने ग्राहकलाई सहज हुने संचालकहरुको विश्वास छ । 

 

पबको वातावरण दुई भागमा विभाजित छ । इनडोर सेसनमा आरामदायी कुर्सी, वुडेन फिनिशिङ, मद्धिम बत्ती र हल्का सङ्गीत । आउटडोर पेटियोस अन्तरगत खुला हावा, सडकको जीवन्त वातावरण, विदेशका शहरमा पाइने स्ट्रीट–साइड ड्रिङ्क संस्कृति झल्काउने सेटअप पबमा रहेको छ । यही कारण, कतिपय ग्राहकहरू साँझपखको शहरको गहकिलो माहोल सुनेर बस्न आउने अपेक्षा छ । यस्तै केहीले काम सकेर सिधै आरामसहितको पेयका लागि यहाँ आउने गरेको पव व्यवस्थापनले जनाएको छ । यो पव सञ्चालनमा ल्याउन दाङका व्यवसायी लालमणि भण्डारी नेतृत्वको समूहले लामो समयदेखि योजना बनाउँदै आएको थियो । भण्डारी भन्छन, “हामीले काठमाडौँका फेसन र स्वाद बुझ्ने ग्राहकका लागि नयाँ कन्सेप्ट ल्याएका छौँ । वातावरण, पेय र सेवा—यी तीनवटै पक्षमा फरक अनुभव दिने हाम्रो लक्ष्य छ।”

टिममा पर्यटन क्षेत्रका युवादेखि लिएर पेय–मैनेजमेन्ट, मार्केटिङ र फुड–बेवरेजमा अनुभव भएका सदस्यहरु रहेका छन ।  उनीहरूका अनुसार, अहिलेको प्रतिस्पर्धी बजारमा टिक्न गुणस्तर, सेवा र निरन्तर सुधार नै चुनौती र अवसर दुवै हुन । यहाँ साना–ठूला समूहले पोस्ट–वर्क मीटअप, फ्राइडे चिल, बर्थडे सेलिब्रेशन, क्याजुअल डेट वा सामान्य मित्रता जमघटका लागि उपयोग गर्ने अपेक्षा गरिएको छ । सडकको जीवन्तता, छेउकै पसलहरूको भीड, चलहपहल र बहुराष्ट्रिय तथा स्थानीय ग्राहकको मिश्रित उपस्थिति—यी सबैले मिलेर यस पवलाई झम्सिखेलको एक सोसियल हब बनाउँदै लैजाने अपेक्षा भण्डारीले गरेका छन । काठमाडौँमा नयाँ स्वाद, नयाँ वातावरण र नयाँ पव–संस्कृति अनुभव गर्न चाहने हरेकलाई स्वागत गरिरहेको यो स्थानले राजधानीको नाइट–आउट कल्चरमा नयाँ रंग थप्ने अपेक्षा गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0