पर्सा ।  नेपाल भारत व्यापार साझेदार सम्मेलन २०२५ वीरगंजमा सम्पन्न भएको छ । नेपाल भारत उद्योग वाणिज्य संघ वीरगंज शाखा र पञ्जाब–हरियाण–दिल्ली (पिएचडी) चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिको संयुक्त आयोजना र भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा नेपालको आर्थिक राजधानी वीरगंजमा व्यापार साझेदारी सम्मेलन सम्पन्न भएको हो । 


भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल भारत व्यापारिक सम्बन्ध विश्वका अन्य मुलुकभन्दा धेरै नजिकको रहेको भन्दै नेपाली बिजुली खपतको लागि भारतीय बजार एक अवसर रहेको बताउनु भयो । वहाँले पूर्वी नेपालका जिल्लाहरूमा पनि भारतको सहयोगमा पेट्रोलियम पाइपलाइन योजना अघि बढाइएको बताउँदै नेपालले कुल आयातको करीब दुई तिहाइ आयात भारतबाट आगामी दिनमा नेपाली उद्योगीव्यवसायी र सरकारी पक्षले उठाएका गुनासा एवम् मागलाई माथिल्लो निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नेपाल भारत बीचको आर्थिक, समाजिक, सांस्कृतिक सम्बन्धलाई २१ औं शताब्दीको आलोकमा आधुनिकीकरणद्विपक्षीय हित साधन हुने गरि दुबै देशको प्रभावकारी भुमिका हुनु पर्ने कुरामा जोडदिनु भयो । वहाँले भारत सँगको हाम्रो सम्बन्धलाई प्रगाढ सुदृढ बनाउन जनस्तर देखी सरकारी स्तनसम्मको भूमिका हुनु पर्ने बताउनु भयो ।  


कार्यक्रममा पीएचडी चेम्बर–भारत नेपाल सेन्टरका सचिव अतुलकुमार ठाकुर, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, मधेस प्रदेश मातहतको नीति आयोगका उपाध्यक्ष डा. सोहन साह, नेपाल भारत उद्योग वाणिज्य संघ वीरगंज शाखाका अध्यक्ष अभिषेक चौधरी, सीमा जागरण मञ्चका बिहार राज्य संयोजक महेशकुमार अग्रवाल लगायतले नेपाल भारतको आर्थिक सम्बन्धलाई सुध्रिढ बनाउन दुबै देशले खेल्नु पर्ने भूमिका बारे आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0