भैरहवा, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले अस्वीकार गरेको छ ।

रूपन्देही जिल्ला अदालतले बिगो रकम बुझाउँदा पनि रिहा गर्न अस्वीकार गरेको हो । न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको हो ।

लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा बिगो दाबीको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0