काठमाडौं, २२ साउन । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

आज बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको हो । यसअघिको सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले फेरि अन्दोलनमा उत्रने निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने जानकारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0