
काठमाडौं, १९ साउन । संघीय निजामती सेवासम्बन्धी विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा भएङ्को छेडखानीको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय समितिले आफ्नो प्रतिवेदन पारित गरेको छ ।
छानबिन समितिको सोमबार बसेको प्रतिवेदन पारित गरेको छ। समितिका सदस्य तथा एमाले सांसद नारायणप्रसाद आचार्यका अनुसार प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको हो।
सांसद आचार्यका अनुसार प्रतिवेदन पारित भइसकेपछि अहिले प्राविधिक रूपमा शुद्धता परीक्षणको काम भइरहेको छ।
छानबिन समितिको सभापतित्व नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियार र सदस्यमा कांग्रेसकी सांसद सुशीला थिङ, एमालेका नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्की सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





