काठमाडौं, १४ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाइएको छ । बुधबार काठमाडौंमा बसेको पार्टी संरक्षक समेत रहेका रेशम चौधरीको संयोजकत्वमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको हो ।

अध्यक्ष श्रेष्ठ कास्कीको लिचीबारी घुसकाण्डमा मुछिएकी थिइन् । त्यसबारे पार्टीले उनलाई जवाफ माग गरेको थियो । तर अध्यक्ष श्रेष्ठले जवाफ नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर पन्छिएकी थिइन् ।

“अध्यक्षलाई स्पष्टीकरण सोधेका थियौँ । उहाँको जवाफ आएन । उहाँलाई गरिएको कारबाही भेलाले अनुमोदन गरेको छ,“ पार्टी अनुशासन आयोगका अध्यक्ष रामलाल डगौराले भने ।

भेलाले २०१ जना केन्द्रीय सदस्य अध्यावधिकका लागि निर्वाचन आयोग पठाउने निर्णय गरेको उनले जानकारी दिए । बिहीबार (भोलि) बिहान ११ बजे भेला बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0