
काठमाडौं, ९ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले अवलोकन गरेका हुन् ।
उनले आजै स्थानीय किसानहरूसँग कुरा गर्ने तयारी पनि गरेका छन् । मधेस प्रदेशका जिल्लाहरू यो वर्ष अनावृष्टिका कारण सुख्खा र खडेरीको मारमा परेका छन् ।
पानीको कमीले गर्दा मधेशमा खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ ।
नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





