
काठमाडौँ । नेपाली कांग्रेसले रूपन्देही ३ को उपनिर्वाचन बारे छलफल गरेको छ । सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा रूपन्देही ३ को उपनिर्वाचनको व्यवस्थाकाबारेमा छलफल भएको हो ।
यद्यपि रूपन्देही ३ को उपनिर्वाचन उम्मेद्वार चयन र गठबन्धनको सम्भावनाका बारेमा कुनै छलफल नभएको बताइएको छ ।
त्यस्तै बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयकका साथै निजामती विधेयकका सन्दर्भमा समेत छलफल भएको थियो ।
मन्त्रिपरिषद् हेरफेरका बारेमा बैठकमा कुनै छलफल नभएको कांग्रेस नेताहरूले बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




