
काठमाडौँ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा बुधवार तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा बुधबार सुनको मूल्य छापावाल सुन तोलाको १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





