काठमाडौं, ५ श्रावण । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना संक्रमणबाट ७४ वर्षे महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

चरक अस्पतालमा उपचाररत उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

गण्डकीमा अहिले कोरोना संक्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ ।

हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0