काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानविनका लागि सरकारले बनाएको समितिको कुनै औचित्य नभएको जनाएको छ । रास्वपा सांसद डा स्वर्णिम वाग्लेले पूर्व कर्मचारीको संयोजकत्वमा बनाइएको समितिको कुनै औचित्य नभएको र यसले निष्पक्ष रुपमा काम गर्न नसक्ने बताउनुभयो ।

उहाँले सरकारले गठन गरेको समितिका संयोजक शङ्करदास बैरागीमाथि पनि प्रश्न उठाउनुभएको छ । विगत १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्रका रुपमा परिचित बैरागी सक्षम निकायहरूको राडारमा रहेको उहाँले बताउनुभयो ।

वाग्लेले गम्भीर अपराधीक विषयलाई सरकारले कर्मकाण्डीमा टुङ्गाउन खोजेको भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणको छानविनका लागि जाँचबुझ आयोग ऐन २०२६ अनुसार बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक छानविन समिति गठन हुनुपर्ने रास्वपाको माग यथावत रहेको बताउनु भयो । सरकारले भिजिट भिसा प्रकरणमा मुछिएकालाई जोगाउने खराब नियतका साथ समिति गठन गरेकाले रास्वपालाई स्वीकार्य नहुने उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0