काठमाडौँ । बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजको बिशेष अधिवेशन सम्पन्न भएको छ । सरोज बिश्वकर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । २०७७ सालमा स्थापना भएको समाजले बागलुङ गैरागाउँमा शिक्षा र स्वास्थ्य लगायत अन्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य राख्दै आएको छ। कार्यक्रममा संरक्षक तथा संस्थापक अध्यक्ष रामकृष्ण विश्वकर्मा, निवर्तमान अध्यक्ष सुर्य प्रसाद बिश्वकर्माको आतिथ्यमा रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष सरोज बिश्वकर्माले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएकामा आभार व्यक्त गर्दै समाजका उद्देश्यअनुरूप बागलुङ गैरागाउँमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए। साथै, काठमाडौंमा बसोबास गर्ने समाजका सदस्यहरूलाई आपत्कालीन समयमा सहयोग पुर्‍याउने योजना रहेको जानकारी दिए। उनले कार्यकालका लागि भविष्यका योजना चाँडै प्रस्तुत गरिने समेत बताए ।

कार्यक्रममा बोल्दै संरक्षक तथा सस्थापक अध्यक्ष रामकृष्ण बिश्वकर्माले समाजलाई अघि बढाउनको लागि युवाहरुको नेतृत्व आवश्यक छ र यस समाजले गरेका सामाजिक गतिविधि प्रशंसा र स्वागत योग्य रहेको धारण व्यक्त गरे । कार्यक्रममा बोल्दै समाजमा कुनैपनि गुट उपगुट र राजनीतिबाट मुक्त रहित विशुद्ध सेवाको भावनाका साथ अघि बढ्नुपर्ने कुरामा सबै कार्यसमिति लगायत सुभचिन्तकहरुमा आभार प्रकट गरे ।

सस्थाका सस्थापक अध्यक्षले नयाँ कार्यसमितिले आगामी दिनहरुमा अझ राम्रो काम गर्ने आश व्यक्त गर्दै शुभकामना समेत दिए । कार्यक्रममा बागलुङ बिश्वकर्मा समाजका पुर्वअध्यक्ष नारायण बिश्वकर्मा, प्रमुख निर्वाचन अधिकृत धनकाजी बिश्वलर्माले नयाँ कार्यसमितीलाई सपथ ग्रहण गराउदै समाज विधि र विधानमा संचालन हुन सकेमा प्रगतिको बाटोमा अघि बढ्ने मन्तव्य राखे । सोही कार्यक्रमको संचालन सस्थाका महासचिव राम बिश्वकर्माले गरेका थिए । कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिमा उपाध्यक्ष राम बिश्वकर्मा, सचीव किसन बिश्वकर्मा, कोषाध्यक्ष रमेश बिश्वकर्मा, सदस्यहरु, सचिन बिश्वकर्मा, प्रविन बिश्वकर्मा, महिला सदस्य सरस्वती बिश्वकर्मा, किशोर बिश्वकर्मा, कृष्ण बिश्वकर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0