
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताउनुभएको छ ।
सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले बिभिन्न महत्वपूर्ण कानून ल्याएको भन्दै अव पनि संसद्मा विचाराधीन रहेका निजामती, शिक्षा लगाएका महत्वपूर्ण विधेयकलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताउनुभयो ।
उहाँले सदनले पारित गरेका कानूनहरूलाई व्यवहारमा नै कार्यन्वयन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै उहाले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको बताउनु भयो । श्रमसम्बन्धी बिभिन्न कानूनहरू पनि आफूहरू प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उहाँले बताउनुभयो ।
सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको पुर्ण कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।




