काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकता रेशम चौधरी र सिके राउतबीच छलफल पछि मात्रै अघि बढ्ने भएको छ । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल पछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताउनुभएको हो । 

अध्यक्ष श्रेष्ठले दुबै नेता आआफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताउनुभएको हो । एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उहाँले बताउनुभयो । उहाँले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सहअध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइसकेको बताउनु भयो । 

उहाँले बैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाई भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0