
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयलाई पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





