राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा सरकारको निराशापन देखिएको टिप्पणी गर्नुभएको छ । 

 प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष लिङ्देनले अङ्कगणितका हिसाबले सरकार बलियो देखिएपनि नीति तथा कार्यक्रममा सरकारको कुनै उत्साह नदेखिएको र यसमा निराशापन मात्रै देखिएको टिप्पणी गर्नुभएको हो ।

उहाँले सरकारलाई सरकारमात्रै नभइ अहिलेको व्यवस्था नै अनिश्चित छ भन्ने लागेको बताउनुभयो । लिङ्देनले गणतन्त्र र संविधानमा भएका कतिपय व्यवस्थाको विरुद्धमा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउनेगरि कानुन बनाउन संविधानले नै निषेध गरेको उल्लेख गर्नुभयो ।

लिङ्देनले आफूहरूको विरोध र प्रतिबन्ध लगाउने भन्दा पनि गणतन्त्रप्रति जनतामा आशा जगाउने काम गर्न सुझाव दिनुभयो ।
उहाँले फजुल खर्चको कारक नै प्रदेश संरचना भएकाले यसलाई खारेज गर्नुपर्ने र सवै अटाउने मौलिक व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0