काठमाडौं, मण्डला थिएटरमा मानवीय सम्बन्धमा आधारित नाटक ‘कथा-एक’ नाटक मञ्चन भइरहेको छ। निर्देशक अनुप न्यौपानेको निर्देशनमा प्रस्तुत यो नाटकले प्रेम, त्याग, समझदारी र आत्मबोधको गहिरो यात्रा दर्शाएको छ।

अनुप न्यौपाने र प्रेम सलिवाल वश्विकर्माको संयुक्त लेखनमा तयार नाटकले एक जोडीको सम्बन्धमा आउने अन्योल, अस्पष्टता र अन्तर्द्वन्द्वलाई मूर्त रूप दिएको छ। दुबैको यो लेखकीय डेब्यु हो।नाटकमा वेदना राई र प्रेम सलिवाल वश्विकर्माले मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीहरूको अभिनयलाई समीक्षकहरूले हृदयस्पर्शी र जीवन्त भनेका छन्। मलिन कार्की, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत, र अजय कार्कीको अभिनयले पनि कथावस्तुलाई थप सशक्त बनाएको छ।

संगीततर्फ सागर खाती कामी र पुरण दयालीले प्रत्यक्ष प्रस्तुति दिएका छन् भने सुमित्रा पेहमीले प्रकाश व्यवस्थापन सम्हालेकी छन्। मञ्च सजावट न्यून भए पनि प्रभावकारी देखिएको छ।निर्देशक अनुप न्यौपानेले संवादभन्दा मौनता र भावमा आधारित दृश्यमार्फत कथा अघि बढाएका छन्। सहनिर्देशक मलिन कार्कीको साथले निर्देशनलाई थप गहिराइ दिएको छ।

नाटक वैशाख २८ गतेसम्म हरेक साँझ ६ः३० बजे (सोमबारबाहेक) मञ्चन हुनेछ। शुक्रबार र आइतबार दिउँसो ४ः०० बजे तथा शनिबार दिउँसो ३ः०० बजे अतिरिक्त शोहरूसमेत हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0