प्रणय कुमार साह 

पर्सा । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले प्रदेशको समग्र कृषि प्रणालीमा लागत र आम्दानीबीचको सन्तुलन कायम गर्न यस्ता अध्ययनमूलक कार्यशालाको विशेष भूमिका रहने बताउनु भएको छ ।
कृषि ज्ञान केन्द्र, पर्साले आयोजना धान, गहुँ, तरकारी तथा उखु बालीहरूको लाभलागत विश्लेषण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री क्षेत्रीले उहाँले कृषकहरूको आय वृद्धि र समृद्धिको मार्ग प्रशस्त गर्न वैज्ञानिक विधिबाट बालीहरूको विश्लेषण अपरिहार्य रहेको बताउनु भयो । 


सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले नीतिगत तहमा आधारित निर्णयहरू गर्न यस्ता तथ्यपरक कार्यशालाबाट प्राप्त निष्कर्षहरू उपयोगी हुने भन्दै प्रदेशभरि धान, गहुँ, तरकारी तथा उखु वालीहरू सम्बन्धी कार्यक्रमहरूलाई विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो । 


वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले मधेश प्रदेश उखुको राजधानी रहेको हुँदा उखुको गुणस्तरीय बीउ र उखु उत्पादनलाई प्राथमिकतामा राखेर यस उखु खेती संग आवश्यक यान्त्रिकरण खाद्य, मलको सहज आपूर्ति र व्यवस्थापनमा जोडदिनु भएको थियो । 


कार्यक्रममा सहभागीहरूले चार प्रमुख बाली धान, गहुँ, तरकारी र उखुको उत्पादन लागत, आम्दानी, बजार मूल्य, नीतिगत चुनौतीहरू तथा भविष्यका सम्भावनाहरू विषयमा प्रस्तुति दिएका सुझावहरूलाई कृषि ज्ञान केन्द्र पर्साले समेट्दै आगामी नीति निर्माण तथा कार्यक्रम योजनामा समावेश गरिने जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0