काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषदले  शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । असन्तुष्टकर्मचारी परिषदले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

विद्यालय कर्मचारी परिषदले पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो । परिषदका अनुसार  बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउदै आन्दोलनका बारेमा जानकारी गराउने र जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै जेठ ६ गते शिक्षा विकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते सातवटै प्रदेशमा ध्यानाकर्षण पत्र बुझाउने  र जेठ ९ र १० गते काठमाडौंमा सडक आन्दोलन गर्ने परिषद्ले जनाएको छ । सो समयभित्र समेत आफ्ना मागहरू पुरा नभए दोश्रो चरणको आन्दोलनको घोषणा गर्ने परिषद्ले जनाएको छ ।    विद्यालय कर्मचारीको सेवा सुविधालाई सुनिश्चित नभएसम्म आफूहरूको आन्दोलन नरोकिने परिषदले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0