
काठमाडौँ । राष्ट्रिय किक बक्सिङ संघ नेपाल, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।
नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले यही बैशाख १९ र २० गते राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढि जिल्लाहरुबाट बिभिन्न क्लबका गरि करिव १ सय २० भन्दा बढि खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको नेपाल किक बक्सिङ संघ भक्तपुरले गरेको छ ।
प्रतियोगितामा ११ वटा तौल तथा बर्गगत प्रतिस्पर्धाहरू सञ्चालन गरिने छ । पुरुषतर्फ ५१ केजी, ५४ केजी, ६३ दशमलव ५ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिष्पर्धा हुने छ । त्यस्तै महिलातर्फ ५२, ५७, ६० केजी र खुला तौल वर्गमा खेल सञ्चालन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





