काठमाडौ, वैशाख १३ । तेजनेपाल

दि भ्वाईस अफ नेपालको सिजन ३ का टप फाइनलिष्ट तथा चर्चामा रहेका गायक कर्ण राज गिरी तथा सुमधुर आवजकी धनी गायिका कमला रेग्मीको युगल स्वरमा रहेको “हो नि हो”बोल रहेको गीतको भिडियोको छाँयाकन सम्पन्न भएको छ । गीतमा शब्द डि पि खनाल, संगीत शकंर स्माईली र एरेन्ज रिकेश गुरुङ्गको रहेको छ ।

भक्तपुरको रमणीय दृश्यहरु समेटेर निर्माण गरिएको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी संजय विश्वकर्माले गरेका हुन ।
सागर लम्साल ‘बले’ र सञ्चिता बुर्लाकोटीको अभिनय तथा डान्स देख्न सकिने भिडियोमा दुवैजनाको राम्रो कमेस्ट्री हेर्न पाईने कुरा निर्देशक संजयले बताए ।

ज्ञानेन्द्र शर्मा हुमागाँईको छांयाकन रहेको उक्त भिडियोमा मेकअप रुपा मानन्धरको रहको छ ।

छिट्टै नै सार्वजनिक हुने यस गीत र भिडियोले राम्रै चर्चा बटुल्ने भिडियो निर्माण टिमले बताएका छन । साथै अडियो भिडियो निर्माण गर्न सहयोग गर्नु हुने सम्पुर्णलाई गायक कर्ण राज गिरिले हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0