
काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । १० वर्षअघि २०७२ बैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेको समयमा सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको मृत्यु भएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।
आजको भूकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका केही जिल्लामा समेत महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





