गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई  गोरखामा बारपाकका स्थानीयले स्थानीय उत्पादन भेडाको ऊनको कोट उपहार दिएका छन् । 

बिहीबार बारपाक पुगेका दाहाललाई शुक्रबार  गोरखा बारपाककी रोसनी आमा आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिनुभएको हो । 

अध्यक्ष  दाहाल गोरखाको विहीबार बारपाक पुग्नु भएको हो  । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बारपाकमा आज हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ गोरखा पुग्नु भएको हो ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा भूकम्पको १० औं वार्षिकीको अवसरमा आयोजित भूकम्प स्मृति कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0