काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताउनुभएको छ । 

थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताउनुभएको हो ।

कांग्रेसका लागि सरकार नै सबै भन्दा ठूलो कुरा नभएको उहाँको भनाइ छ । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति फर्केर दलमा आउने कुराहरू चलिरहँदा कांग्रेसले भने पूर्वराष्ट्रपतिलाई दलमा फर्काउन नहुने बताउनुभयो । पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उहाँले बताउनुभयो ।

थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने भन्दै इतिहास भइसकेको राजसंस्थाका अनावश्यक बिषयमा बहस गर्न जरुरी नरहेको धारणा राख्नुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0