
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल गोरखाको बारपाक पुग्नु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बारपाकमा भोलि हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ गोरखा पुग्नु भएको हो ।
भोलि २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा भूकम्पको १० औं वार्षिकीको अवसरमा आयोजित भूकम्प स्मृति कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । बारपाकमा उहाँलाई स्थानीयले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





