काठमाडौँ । शिक्षक महासंघको अगुवाईमा शिक्षकहरूले काठमाडौँमा आज पनि प्रदर्शन गरेका छन ।  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरिरहेका उनीहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन । 

काठमाडौंको माइतीघर बानेश्वर सडकखण्डमा उनीहरूले नाचगान गर्दै  प्रदर्शन विगत २० दिनदेखि जारी राखेका छन ।  । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

 शिक्षकहरूले गरिरहेको प्रदर्शनका कारण  तीनकुनेदेखि माइतिघर क्षेत्रमा यातायात सञ्चालन अस्तव्यस्त बन्ने गरेको छ । निरन्तरको आन्दोलनका समयमा बानेश्वर माइतिघर सडक बन्द हुने गरेपछि यसको असर अन्य क्षेत्रमा समेत परेको छ ।

मुख्य सडक बन्द भएपछि सहायक सडकहरूमा सवारी चाप बढ्दा यात्रुहरूलाई समयमै गन्तव्यमा पुग्न समस्या हुँदै आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
37
+1
0
+1
1
+1
20