काठमाडौँ । सम्पदाको संरक्षण र जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदैछ। सन् १९८३ देखि युनेस्को अन्तर्गत यो दिवस मनाउन थालिएको हो। काठमाडौं, लुम्बिनी, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

आजको दिन काठमाडौंमा सम्पदा पदयात्रा आयोजना गरिएको छ। स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोकामा पुगेर समापन हुनेछ।

कार्यक्रममा संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेसहित विभिन्न सांस्कृतिक संघ संस्थाको सहभागिता रहनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0