काठमाडौँ । नेपाली कांग्रेसले सत्तागठबन्धनसँग तालमेल गर्दै सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरकार परिवर्तनको हल्ला चलिरहेको समयमा सत्तारुढ दल कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।

सभापति शेर बहादुर देउवा निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सत्तागठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको जनाइएको छ । कतिपय नियुक्तिका सन्दर्भमा पनि सन्तुलनको आवश्यकता देखिएको बैठकको निष्कर्ष छ ।

बैठकमा आगामी केन्द्रीत समिति बैठकमा लैजाने एजेण्डा, सङ्गठनका विषय, शिक्षक आन्दोलन लगायतका विषयमा छलफल भएको भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0