मोरङ । उपप्रधान तथा शहरी विकासमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरू सत्ता केन्द्रित भएका कारण व्यवस्थामा नै प्रश्न उठेको बताउनु भएको छ । 

मन्त्री सिंहले दलका नेताहरू सत्ता केन्द्रित हुँदै जाँदा लोकतान्त्रिक मूल्य हराएको तथा  यसले लोकतन्त्रको विकल्प खोज्ने अवस्था सिर्जना भएको बताउनुभएको हो । नेताहरूले गणेशमान सिंह, बीपी कोइराला, सुवर्णशमशेर, पुष्पलाल र मनमोहन अधिकारीहरू जस्तो राजनीतिक आदर्श र व्यवहार देखाउन सकेको भए लोकतन्त्रको विकल्प खोज्नु पर्ने अवस्था नआउने उहाँले बताउनुभयो ।

उहाँले २०४६ सालपछि नेताहरू सत्ता राजनीतिमा केन्द्रित हुँदा जनताको समस्या र जनजीविकाका सवालहरू ओझेलमा परेको  धारणा राख्नुभयो । उपप्रधानमन्त्री सिंहले लोकतन्त्रलाई संस्थागत गर्दै जनतालाई केन्द्रमा राखेर अघि बढ्न सके, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प हुन नसक्ने उल्लेख गर्नुभयो । 

सडकमा विभिन्न खाले प्रदर्शन जारी रहेको समयमा मन्त्री सिंहको यस्तो भनाइ आएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0