काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बैशाख १२ गते शुक्रबारका दिन दिउँसो १ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

नेपाल संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतको प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0