काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनमा रहेका शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।


सभापति देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभएको हो । उहाँले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने बताउनु भयो ।

 विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूले प्रदर्शन सुरु गरेको   १२ दिन पुगेको छ । तर, हालसम्म उनीहरूको मागको  सुनुवाइ हुन सकेको छैन । सहमति जुटाउने प्रयासस्वरूप पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन । 

माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका छन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0