पर्सा ।  वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ । दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । 

तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय आइतबार राति १२ बजेसम्मलाई बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुङ्गामुढा भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको हो  ।

प्रत्येक वर्षझैँ हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्ज घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा छपकैया ३ मा रहेको श्रीराम हल चोक नजिक अज्ञात समूहबाट ढुङ्गामुढा भएपछि तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।हुलदङ्गा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0