
प्रणय कुमार
पर्सा । नेपालका लागि जापानी राजदूत तोरु मायदाले वीरगंज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रालिको कारखानाको अवलोकन गर्नुभएको छ । राजदूत तोरुलाई केएनपी जापान प्रालिका निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीद्वारा स्वागतका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको हो ।
राजदूत मायदाले नेपाल बीचको संयुक्त साझेदारीमा सञ्चालनमा रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तर प्रति प्रसन्नता व्यक्त गर्दै यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
राजदूत मायदाले बहुदेशीय लगानीका उद्योगको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थकर समस्याहरूको समाधान हुनुपर्ने कुरामा जोड दिँदै हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताउनु भएको छ ।




