काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले तयारीविनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।  बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै मन्त्री पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिव ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको हो ।

यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरि १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उहाँले बताउनुभयो ।पौडेलले सीमित स्रोतको अत्याधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गर्नुभयो ।

उहाँले क्यालेन्डर बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिनुभयो । संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उहाँको भनाइ छ । 

उहाँले ग्रे लिस्टबाट बाहिर निस्कन दुई वर्षको समय रहेपनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरि सरकार अघि बढेको दाबी गर्नुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0