प्रणय कुमार
पर्सा । पर्साको वीरगंजमा लागू
औषध  रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सुरु भएको छ । तीन महिना चल्ने कार्यक्रमको बिहीबार औपचारिक शुभारम्भ गरिएको हो । 

लागू औषध रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमका सहभागीहरू, पर्सा 

जिल्ला प्रशासन कार्यालय पर्साले  लागू औषध रोकथाम सम्बन्धी सचेतना अभियानको थालनी गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागू औषध सेवनको महारोगबाट बचाउन आग्रह गर्दै पर्सा जिल्ला लागू औषध कारोबारको ट्रान्जिट हब बनेको भन्दै सेवनको समस्या पनि विकराल  बन्दै गइरहेको र कम उमेरका सानासाना मानिसहरू पछिल्लो समय लागू औषधको सेवन बढी गरिरहेको तथ्याङ्क पाइएको बताउनु भयो । 

लागू औषध रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमका सहभागीहरू, पर्सा 

उहाँले साझा प्रतिवद्धताको खाँचो रहेको हुँदा  यो अभियानमा इमान्दारितापूर्वक सबैले हातेमालो गर्न जरुरी रहेको भन्दै जिल्लाका ससानो उमेरका मानिसको भविष्यको कुरा भएकोले सबै पालिका प्रमुखहरूको गम्भीर ध्यानाकर्षण हुनु पर्ने देखिएको बताउनु भयो । प्रहरीका अनुसार पर्सामा यो वर्ष मात्रै पर्सामा लागू औषध सम्बन्धी २ सय २० वटा मुद्दा दर्ता भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0