
काठमाडौँ । बिहीबार सुनको मूल्यमा उच्च वृद्धि भएर नयाँ रेकर्ड कायम भएको छ ।
बुधबार प्रति तोला २ हजार बढेको सुन बिहीबार ५ हजार ७ सय रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । चाँदिको मूल्य १ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




