काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बुधबार पनि काठमाडौंको माइतिघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । सरकारले विगतमा पटकपटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरेपनि महासङ्घले वार्ता अस्वीकार गरेको छ । आफूहरू अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ ।

महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्प मार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0