प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन भएको बताउनुभएको छ । फरियन अफेयर्स मिडियाले गरेकाे ‘हिमालयन डायलग’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रमा बाेल्दै  ओलीले यस्तो बताउनुभएको हो ।

सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बिच आफूहरूले विकास र सुशासनका यात्रालाई अगाडि बढाउन भरमग्दुर प्रयास गरिरहेको बताउनुभयो ।

जायज माग लिएर आउँदा सुन्ने बताउदै उहाँले सडकमा कसैले दुःख पाइरहनु नपर्ने बताउनु भयाे ।

उहाँले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबारे त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको बताउनुभयो । उहाँले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गर्नुभयो ।

हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0