
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत स्थानीय तहको उपनिर्वाचनमा किर्तिपुरमा दिएको अभिव्यक्ति तत्कालीन समयमा निकै चर्चामा रहेको थियो । महामन्त्री थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा तीन चार लाख रुपैयाँ कमाउन सकिने दाबी गरेका थिए । थापाले आईटी क्षेत्रमा काम गरेर राम्रो कमाई गर्न सकिने तर्क गरेका थिए । उनको यो भनाइ तत्कालीन समयमा सार्वजनिक बहस र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । कीर्तिपुरको डाँडोमा एउटा चुनावी सभाको बेलामा थापाले उठाएको विषय थियो यो । चुनाव पनि भएकोले होला उनको यो विषय ट्रोल समेत भएको थियो ।
त्यसो त एआई बाट डाँडोमा बसेर ल्यापटप चलाइरहेको चित्र बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूको जमात निकै ठूलो थियो त्यो समयमा । आफ्नो मजाक बनाइएपछि आईटी क्षेत्रमा काम गर्नेहरूसँग लामो छलफल समेत गरेका उनै थापाले यो विषय पुनः दोहोर्याएका छन । महामन्त्री थापाले अबको केही वर्षपछि कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुई चार लाख रुपैयाँ कमाउने स्थिति बनाउनसक्ने बताएका छन् । यसअघि कीर्तिपुरमा उपनिर्वाचनको बेलामा आफूले गरेको भाषलाई लिएर विभिन्न ट्रोल र मिम बनाइएको उल्लेख गर्दै अबको आठ दश वर्षमा यस्तो गर्न सकिने उनको विश्वास थियो ।
यसबारे सोच्नुपर्ने बेला भइसकेको भन्दै त्यसका लागि सरकारको गति नपुगेको थापाको भनाइ थियो । त्यो पोर्टेन्सियल हामीसँग रहेको भन्दै त्यसका लागि सोच्नुपर्ने उनले बताएका छन । सुरुवात भैसकेको भन्दै थापाले अलिकति गति बढाउनुपर्नेछ आवश्यक भएको बताए । साथै उनले कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याउनुपर्ने धारणा राखेका छन । आफ्नो अभिव्यक्ति समाजिक सञ्जालमा ट्रोल बनेपनि उनले यो विषय उठान भने छोडेका छैनन् । आफ्ना मुद्दामा प्रस्ट दृष्टिकोण राख्ने नेताका रुपमा चिनिन्छन् थापा । विषयको गहन अध्ययनपछि उठाएकै विषय भएकोले पनि ट्रोल बन्दा समेत विषय उठान गर्न उनले नछोडेको उनलाई नजिकबाट चिन्नेहरुको मत छ ।
त्यसो त उनी कांग्रेसले निर्णय नगर्दै गणतन्त्रको नारा लगाउने नेता हुन । पछिल्लो समयमा समेत राजनीतिक मुद्दाहरू महामन्त्री थापाले उठाउँदै आएका छन । उनले उठाएका मुद्दाहरूमा पार्टी पछि लाग्ने गरेका थुप्रै उदाहरण रहेका छन । पार्टी भित्र मात्र होइन, कतिपय समाजका मुद्दा उठाउँदा, भ्रष्टाचार अनियमितताका विषयमा कुरा उठाउँदा उनलाई पार्टी बाहिरकाहरूले समेत कटु आलोचना गर्ने गरेका छन । सहभागी नभएकै अनेकौ विषयमा जोडेर विरोधीहरुले प्रहार गर्दा समेत थापाले विषयको उठान जारी नै राखेका छन ।
कुनै समयमा थापाले उठाएका विषयहरुमा विरोधीहरुले चर्को आलोचना गर्ने गरेको भएपनि अन्ततः नेपाली राजनीतिमा समेत उनले उठाएका विषय सत्य सावित हुने गरेका मात्र छैनन् । अन्य दल र दलका कार्यकर्ता समेत थापाले उठाएकै विषयमा सहमत हुने गरेका छन । डाँडामा बसेर लाख कमाउन सक्ने उनको अभिव्यक्तिको आलोचना हुनुका पछाडी विषयका ज्ञान राख्नुभन्दा पनि तत्काल प्रतिक्रिया दिने जमातका कारण भएको आइटी क्षेत्रका जानकारहरुको तर्क छ ।
नेपालमा अहिलेपनि प्रविधिको क्षेत्रमा काम गरिरहेका हरुले राम्रो आम्दानी गरिरहेकोले उनको भनाइमा सत्यता रहेको जानकारहरुको मत छ । तर लाखौँ व्यक्तिहरूको आम्दानीसँग जोडिएको विषयलाई खुलाउन भने सरकारको कानुन बाधक रहेको भन्दै थापाले भनेजस्तै केहि कानूनी प्रकृयामा भने सुधारको आवश्यक्ता रहेको जानकारहरुको तर्क छ ।





