माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले शिक्षकका जायज मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलको माग गर्दा पनि सरकारले गम्भीरता नदेखाएको उनले बताए।

 २८ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेकाले विद्यालय बन्द, विद्यार्थी घरमै, परीक्षा अन्योल जस्ता समस्या उत्पन्न भएको बताए। शिक्षामन्त्रीलाई हटाएर समाधान चाहने प्रयास नै कमजोर पारिएको उनको भनाइ छ।

सरकार संसदमा छलफल गर्न नचाहेको र मन्त्रीहरू जवाफ दिन तयार नभएको भन्दै  यस्तो प्रवृत्ति लोकतान्त्रिक नभएको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0