काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ । 

आफूहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । उनीहरूले सरकारसँगको वार्ता र आन्दोलनलाई निरन्तर रुपमा अघि बढाएका छन् ।

उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै मंगलबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक प्रदर्शन गरेका थिए ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरेपनि प्रहरीले रोकेको थियो । महासंघले तत्काल सरकारले आफूहरूको मागमा सहमति नजनाए बुधबार सामूहिक गिरफ्तारी दिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0