काठमाडौँ । जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गर्न जेठ २–४ गते काठमाडौंमा हुने सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ मुख्य थिममा केन्द्रित तीनदिने कार्यक्रममा १२ सत्र र ३ वटा प्लेनरी हुनेछ।

३ सय विदेशी पाहुनालाई निमन्त्रणा दिइएको छ। सहभागी देशहरूबीच विचार आदानप्रदान, साझा चिन्ता र समाधानका विषयमा संवाद हुने सरकारको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0