
बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बर्दिया पुग्नु भएको छ । बर्दियाको राजापुरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बर्दिया पुग्नुभएको हो ।
प्रमुख प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले जनता केन्द्रित अभियान गरिरहेको छ । विभिन्न जिल्लामा माओवादी केन्द्रले राजनीतिक प्रशिक्षण भेटघाट लगायतका कार्यक्रम गर्दै आएको छ ।
अध्यक्ष दाहाल बर्दियामा हुने कार्यक्रम सकेर कैलाली जाने तालिका रहेको दाहालको सचिवालयले जनाएको छ । बर्दिया पुगेका दाहाललाई स्थानीयले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





