काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । राष्ट्रपति पौडेल आइतबार अस्पताल पुगेर  मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन ।


राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए । 


उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी घाइते भई सो अस्पतालको आइसीयुमा  शनिबार  भर्ना भएका थिए । पौडेल र आचार्यको स्वास्थ्य अवस्था बुझ्न बिभिन्न दलका नेताका साथै शुभेच्छुकहरू समेत अस्पताल पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0